पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलोपटक आफूलाई पूर्वराजाको दर्जामा राखेर विजया दशमीको शुभकामना सन्देश जारी गरेका छन्।
आइतबार उनीबाट जारी बडा दसैैको शुभकामना सन्देशमा ‘पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट २०८२ विजया दशमीको उपलक्ष्यमा वक्सेको शुभकामना’ उल्लेख गरेर निर्मल निवासबाट दसैँको शुभकामना सन्देश जारी भएको हो।
यसअघि ज्ञानेन्द्र र उनको सचिवालयले जारी गर्ने यस्ता सन्देशमा उनलाई राजतन्त्र कालमा जस्तै ‘श्री ५ महाराजाधिराज’ लेखिएको हुन्थ्यो।
गएको असार २९ गते उनका संवाद सचिव डा.फणिराज पाठकलले ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरेर विज्ञप्ति जारी गरेपछि प्रहरीले पक्राउ गरेको थियो।
त्यसपछि आइन्दा पूर्वराजालाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन नगर्ने कागज गरेर पाठक छुटेका थिए।
त्यसपछि उनले ज्ञानेन्द्रलाई ‘श्री ५ महाराजाधिराज’ सम्बोधन गरी लेखेका विज्ञप्तिहरू आफ्नो फेसबुकबाट पनि हटाएका थिए।
हेर्नुहोस ज्ञानेन्द्र शाहले आइतबार जारी गरेको शुभकामना सन्देश
