मैले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छ, सरकारले बाहिर ल्याओस् : केपी ओली

 संवाददाता    २०८२, ११ आश्विन शनिबार १६:३९     274 जनाले पढ़िसके



Spread the love

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रहरीलाई दिएको निर्देशन रेकर्डेड रहेकाले त्यो बाहिर ल्याउन सुझाव दिएका छन्।

आज भक्तपुरको गुन्डुमा पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले भने, ‘यो सरकारलाई म भन्न चाहन्छु- यो सरकारले मैले बोलेको अभिव्यक्तिहरु, मैले गरेका कामहरु प्रकाशन गरेर जनताको बीचमा ल्याओस्। अरुको पनि ल्याओस्। उहाँहरुका पनि ल्याओस्। मैले भनेका सम्पूर्ण कुराहरु यो सरकारले हिम्मतका साथ जनताका बीचमा पुर्‍याओस्। प्रकाशित गरोस् कुराहरु। कर्मचारीलाई दिएको निर्देशनहरु रेकर्डेड छन् । ती कुराहरु बाहिर ल्याओस । प्रहरीलाई दिएको निर्देशन रेकर्डेड छन्। बाहिर ल्याओस्। अरु क्षेत्रमा गरेका कामहरु रेकर्डेड छन्। बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी कुनै छलफल छाम गर्दैनौँ। छलछाम र षड्यन्त्र होइन, हामी पारदर्शी ढंगले अघि बढ्छौँ। हामी जुनसुकै कुरामा पनि हाम्रो नीति हो- पारदर्शिताको, स्वच्छताको र जनतालाई सेवा, सुविधा उपलब्ध गराउने कुराको। शान्ति सुव्यवस्गथा गर्ने कुराको, कानुनी राज्यको कुराको। हाम्रो नीति यही हो।’