पासपोर्ट रोक्काबारे ओलीको टिप्पणी: यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ?

 संवाददाता    २०८२, ११ आश्विन शनिबार १६:२३     51 जनाले पढ़िसके



Spread the love

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूहरू विदेश नभाग्ने बताएका छन्।

पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा स‌ंघले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा उनले सरकारले नेताहरूको पासपोर्ट रोक्का गरेको हल्ला सुनेको भन्दै अहिलेको सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने टिप्पणी गरेका हुन्।

‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ? के सोचेका छौ उनले भने, हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’

यस क्रममा ओलीले सुशीला कार्की नेतृत्वको सरकार जनमतबाट नभई तोडफोड र आगजनीका माध्यमबाट बनेको टिप्पणी गरे।

‘जेनजी सरकार भनिने यो सरकार जो संवैधानिक बाटोबाट जनताको अभिमतबाट बनेको होइन। यो तोडफोड, आगजनीको माध्यमबाट बनेको हो,’ उनले भने।