जेन्जी आन्दोलनका घाइते- शरीर भन्दा आफ्ना मागबारे चिन्ता

 संवाददाता    २०८२, ११ आश्विन शनिबार १६:१६     226 जनाले पढ़िसके



Spread the love

अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन्।

शनिबार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिँदै स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको उल्लेख गरे।

घाइतेहरुले आफ्नो स्वास्थ्य भन्दा पनि आफ्ना मागहरु पूरा हुन, नहुनेमा चिन्ता व्यक्त गरेको मन्त्री पुनले बताए। ‘बिरामीहरुको माग मुद्दाहरु नै जेनजी आन्दोलनको माग मुद्दा हो,’ उनले घाइतको भनाइ उल्लेख गर्दैै भने, ‘हामी देशको लागि लडेका हौँ। हामीले देशका लागि रगत बगाएका हौँ। हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ। स्वास्थ्य उपचार राम्रो भएको छ। ठिकै छ। शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ भन्ने छ।’

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा ७५ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। घाइतेको उपचार जारी छ। ट्रमा सेन्टरमा उपचाररत जेनजी घाइतेमध्ये १ जनामात्रै आइसीयुमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताउनु बताए।