जेनजी आन्दोलनका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपटक दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने

 संवाददाता    २०८२, १० आश्विन शुक्रबार १३:५२     257 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलनका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपटक दसैँमा खसी, बोका र च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।

सडक अवरोध र असुरक्षित पशु आपूर्तिको अवस्थाले गर्दा व्यवस्थापनमा समस्या परेपछि यसपालि दसैँका लागि खसी, बोका र च्याङ्ग्रा बिक्री नगरिने कम्पनीले जनाएको छ।

आन्दोलनअगाडि दसैँमा बेचिने करिब दुई हजार खसी-बोका र च्याङ्ग्रा बिक्रीका लागि भनेर अग्रिम अनलाइन भुक्तानी खुलाएको थियो।

तर यसबीच जेनजी आन्दोलन भएपछि खरिद बिक्री कार्य नगर्ने निर्णय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सचिवस्तरीय बैठकबाट गरिएको कम्पनीका बागमती प्रदेश प्रमुख धर्मकुमारी राजवंशीले जानकारी दिइन्।

खसी–बोका खरिद गर्न चाहने केही उपभोक्ताले अनलाइनमार्फत गरेको बुकिङ रद्द भएकाले उनीहरूको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ।

कम्पनीले दसैँंमा खसी बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण, खरिद तथा ढुवानी लागत मूल्याङ्कन गरी सस्तो मूल्यमा उपभोक्तालाई उपलब्ध गराउने गरेको थियो।

बजारको एकाधिकार अन्त गर्न कम्पनीले निर्धारण गर्ने मूल्यले बजारमा मूल्य नियन्त्रणमा सकारात्मक प्रभाव पारेको थियो। यसले पूर्ण प्रतिस्पर्धात्मक बजार विकासमा सहयोग पुर्‍याएको थियो।

दसैँमा काठमाडौँ उपत्यकामा मात्रै करिब ५० हजार खसी बोकाको अतिरिक्त माग हुने गरेको छ।