रास्वपाको केन्द्रीय कार्यालयको भवन खाली गरिदिन घरधनीको आग्रह

 संवाददाता    २०८२, १० आश्विन शुक्रबार १३:३३     305 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय रहेको भवन खाली गरिदिन घरधनीले आग्रह गरेका छन् ।१० महिनाको भाडावापतको रकम नपाएपछि घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र घर खाली गरिदिन भनेका हुन् ।स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो ।रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका घरधनी देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । लामो समयसम्मको भाडा नपाएको, सापटि दिएको पैसा फिर्ता नदिएको र सुरक्षाको कारण देखाऊँदै रास्वपाको केन्द्रीय कार्यालय रहेको भवनका घरधनीले पार्टीलाई तीन महिनाभित्र घर खाली गर्न सुचना दिएका हुन्।