अर्थ मन्त्रालयद्वारा एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात

 संवाददाता    २०८२, १० आश्विन शुक्रबार १२:४६     198 जनाले पढ़िसके



Spread the love

अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ।

उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्री रामेश्वर खनालले (जीआईओएमएस) प्रणालीको शुभारम्भ गरेका हुन्।

सरकारी निकायबाट सम्पादन हुने कामलाई एउटै सूचना प्रविधि प्रणाली मार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गर्ने उद्देश्यले कागजरहित (जीआईओएमएस) प्रणाली सुरु गरिएकाे हाे।

जीआईओएमएस प्रणाली मार्फत कागजरहित सेवा दिने सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकिकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा अनिवार्य गरिएको छ।

उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरि विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरि सम्पादन गर्नु पर्ने गरि व्यवस्था गरिएको छ।

यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा सीघ्रता, खर्चमा मितव्ययिता, कार्यप्रक्रियामा पारदर्शिता, जवाफदेहिता अभिवृद्धि हुने मन्त्रालयको अपेक्षा छ।