नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पद त्यागेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज विस्तृत रूपमा आफ्नो धारणा सार्वजनिक गर्दै छन्।
त्यसका लागि अहिले १२ बजे विशेष पत्रकार सम्मेलन आयोजना गर्न लागिएको जानकारी उनले दिएका छन्।
पत्रकार सम्मेलन आफ्नै फेसबुक पेजमार्फत लाइभ हुने उनले बताएका छन्।
बुधबार काठमाडौँमा बसेको नेसपा नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्यागको घोषणा गरेका हुन्।
अध्यक्ष पद त्याग्दै विशेष महाधिवेशन फागुनमा गर्ने प्रस्ताव गरेका भट्टराईले आज थप जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेका हुन्।
नयाँ वैकल्पिक शक्तिहरूसँग छलफलमा लाग्ने गरी बाबुरामले अध्यक्ष पद त्याग गरेको पार्टीका एक नेताले जानकारी दिएका छन्।
‘अहिलेको परिस्थिति अनुसारको सिर्जित स्थिति जे छ त्यसलाई मध्यनजर गर्दै मुलुककको आवश्यकता र चाहना पूरा गर्न पार्टीभित्र मात्रै होइन, पार्टी बाहिर पनि वैकल्पिक शक्तिहरूसँग छलफल र परामर्शमा लाग्ने भन्ने भएको छ’, ती नेताले भने।