लेनदेनको विषयमा विवाद हुँदा सुनसरीमा एक जनाको हत्या

 संवाददाता    २०८२, ९ आश्विन बिहीबार १२:२८     162 जनाले पढ़िसके



Spread the love

लेनदेनको विषयमा विवाद हुँदा सुनसरीमा एक जनाको हत्या भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका १६ उब्दीका ४२ वर्षीय रामकुमारको हत्या भएको हो।

कुटपिटमा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ५५ वर्षीय लाले चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ। राम कुमारले लेनदेनको विषयलाई लिएर कुटपिट गर्दा रामकुमार गम्भीर घाइते भएका थिए।

विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा उनको मृत्य भएको हो। खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले लालेलाई पक्राउ गरेको छ।