शीतल निवास पुगिन् प्रधानमन्त्री कार्की

 संवाददाता    २०८२, ८ आश्विन बुधबार १३:३३     279 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की शीतल निवास पुगेकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्न प्रधानमन्त्री कार्की शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो।

राष्ट्रपति भेट्नु अघि प्रधानमन्त्री कार्कीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), सीआइबी प्रमुख एआईजी डा.मनोज केसीसँग छुट्टाछुट्टै भेट गरेकी थिइन् । यस्तै मङ्गलवार साँझ नेपाली सेनाका प्रमुख अशोकराज सिग्देलसँग समेत भेट गरेकी थिइन् ।