६ घण्टामा घुस मागिएका १ सय ६६ गुनासो, अधिकांशलाई कारवाही

 संवाददाता    २०८२, ८ आश्विन बुधबार १२:४५     385 जनाले पढ़िसके



Spread the love
अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत नागरिकलाई घुस र ढिलासुस्तीबारे सिधै इमेल गर्न आग्रह गरेलगत्तै ६ घण्टामै १६६ उजुरी पुगेका छन्। ती मध्ये केही गुनासाको ठाउँका ठाउँ एक्सन लिइएपछि मन्त्री खनालको प्रशासनिक सुधारप्रति देखिएको गम्भीरताले यस्तो अर्थमन्त्री नेपालले पहिलोपटक पाएको भन्दै जनताले खुसी र आशा जगाएको बताउन थालेका छन्। यस्ता छन् तुरुन्तै एक्सन लिइएका काम :
  • कोशी प्रदेशको म्याङलुङ नगरपालिकाका कर्मचारीले तलब खान पाएका थिएनन्, तर अब तलब पाएका छन्।
  • तार्केश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले काम नगरी दुःख दिने गरेको पाइएपछि उनलाई तत्काल सरुवा गरिएको छ।
  • कर फिर्ता माग्दा दुई प्रतिशत कमिसन माग्ने कर्मचारीविरुद्ध “अख्तियार पठाउनुपर्ने हो” भन्दै समस्या तत्काल समाधान गरिएको छ।