धवलागिरि आरोहणका लागि २४ जनाले लिए अनुमति

 संवाददाता    २०८२, ७ आश्विन मंगलवार १२:४०     136 जनाले पढ़िसके



Spread the love

शरद यामको धवलागिरि आरोहणका लागि २४ जनाले अनुमति लिएका छन्। यो हिमाल आठ हजार १६७ मिटर अग्लो विश्वको सातौँ अग्लो चुचुरो हो।

म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने धवलागिरि आरोहणको अनुमति लिनेहरुबाट ५० लाख ७१ हजार सलामी दस्तुर संकलन गरिएको छ। पर्यटन विभागका अनुसार शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले प्रतिआरोही ९०० डलर सलामी दस्तुर तिर्नुपर्छ।

अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्ने व्यवस्था छ। विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोरखामा रहेको आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि तीन सय ७४ जनाले अनुमति लिएका छन्।

शरदयामका आरोहीहरूको रोजाइमा मनास्लु हिमाल पर्ने गरेको छ।