हितेन्द्रदेव शाक्यलाई मासिक करिब तीन लाख तलब, सुविधा दिएर ऊर्जा आयोगमा सरुवा

 संवाददाता    २०८२, ७ आश्विन मंगलवार ११:५१     592 जनाले पढ़िसके



Spread the love

इन्जिनियर हितेन्द्रदेव शाक्यलाई मासिक दुई लाख ९४ हजार ९२० रुपैयाँ तलब, सुविधा सुनिश्चित गरेर सरकारले जल तथा ऊर्जा आयोगमा सरुवा गरेको पाइएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेका शाक्यलाई अघिल्लो मन्त्रिपरिषद् बैठकले आयोगमा विशिष्ट श्रेणी पद कायम गरेर सरुवा गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाल नियुक्त भएका छन् । ‘शाक्यले प्राधिकरणको कार्यकारी निर्देशक हुँदा खाइपाई आएको सुविधा नघट्ने गरी आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो ।

गत ११ चैतको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर नियुक्ति भएकाले सुरुवातदेखि शाक्य विवादमा थिए ।