आज सुनचाँदी हालसम्मकै महँगो

 संवाददाता    २०८२, ७ आश्विन मंगलवार ११:३७     198 जनाले पढ़िसके



Spread the love

आज पनि सुनचाँदीकै मूल्यमा व्यापक वृद्धि भएको छ।

मूल्य बढेर दुवै धातुको मूल्य आज पनि हालसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्य आज फेरि अहिलेसम्मकै महँगो बनेको हो।

सुनको मूल्य आज तोलामा तीन हजार नौसय रुपैयाँ बढेर दुई लाख २१ हजार सातसय रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार आठसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।