सुनचाँदीकै मूल्य हालसम्मकै महँगो

 संवाददाता    २०८२, ६ आश्विन सोमबार ११:०१     226 जनाले पढ़िसके



Spread the love

सुनचाँदीको मूल्य आज फेरि हालसम्मकै सबैभन्दा महँगो बनेको छ। गएको शुक्रबारदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ बढेर दुई लाख १७ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ थियो।

गएकाे शुक्रबार सुनको मूल्य तोलाको आठसय रुपैयाँ बढेर दुई लाख १६ हजार रुपैयाँ पुगेको थियो।

गएको भदौ ३१ गते तोलाको दुई लाख १७ हजार एकसय रुपैयाँ पुगेर केही घटेको सुनको मूल्य आज फेरि उच्च भएको हो।

आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। चाँदीकाे याे मूल्य हालसम्मकै सबैभन्दा महँगाे हाे।