दशैँ नजिकिँदा पनि बैंकमा तरलता धेरै, आइतबार ७० अर्ब तान्दै राष्ट्र बैंक

 संवाददाता    २०८२, ५ आश्विन आईतवार १४:३५     209 जनाले पढ़िसके



Spread the love

दशैँ नजिकिँदै जाँदा सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाहरुमा राखेको बचत निकाल्ने क्रम बढ्ने गर्छ।

यसले बैंकहरुको तरलतालाई कसिलो बनाउने गथ्र्यो। तर यस पटक भने दशैँ नजिकिँदासमेत बैंकहरुमा तरलता अधिक भएपछि राष्ट्र बैंकले निक्षेपको आकार बढाउन थालेको छ।

आइतबार मात्रै राष्ट्र बैंकले ७० अर्ब रकम बजारबाट प्रशोचन गर्ने भएको हो।

चाडपर्वलाई लक्षित गर्दै बैंकले ७ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो।