नेपाली क्रिकेट टोली भोलि यूएई प्रस्थान गर्ने

 संवाददाता    २०८२, ५ आश्विन आईतवार १३:२८     221 जनाले पढ़िसके



Spread the love

वेस्ट इन्डिजसँग शनिबारदेखि सुरु हुने टी-२० आई सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि सोमबार यूएई प्रस्थान गर्ने तयारी भएको छ।

नेपालको पछिल्लो परिस्थितिका कारण यूएईले एकसातापछि मात्रै भिसा दिने निर्णयमा पुगेको हो। यसअघि आवेदन दिएको दोस्रो दिनमै भिसा स्वीकृत गर्ने गरेको भएपनि यसपटक ढिलाई भएको हो।

भिसामा ढिलाई भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र यूूएई क्रिकेट बोर्डमार्फत पहल गरेको थियो। नेपालि क्रिकेट टिमका म्यानेजर विनोद दासले भिसाको प्रक्रिया आजै टुंगिने र टोली सोमबार युएई प्रस्थान गर्ने तयारी भएको नेपालखबरलाई जानकारी दिए।

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० आई सिरिज खेल्न लागेको हो। सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ-आफ्नो टोली घोषणा गरिसकेका छन्।

युनिटी कपका लागि अनलाइन टिकेट समेत खुला भइसकेको छ। क्यानले टोलीलाई बिहीबार नै बिदाइ गरिसकेको छ।