ऊर्जा मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई राजीनामा दिन दिए दबाब

 संवाददाता    २०८२, ५ आश्विन आईतवार १२:२९     397 जनाले पढ़िसके



Spread the love

ऊर्जा मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन दबाब दिएका छन्। शाक्यले राजीनामा नदिए मन्त्रालयमा हाजिर गराउने वा हटाउने तयारी भएको छ। घिसिङले शाक्यको ठाउँमा आफ्नो नजिकका सहकर्मी तथा अवकाशप्राप्त इन्जिनियर मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाउन तयारी गरेका छन्। सिलवाल दशैं अगाडि नै प्रमुख बन्ने सम्भावना छ। प्राधिकरण भित्र पनि घिसिङ र शाक्यबीच सम्बन्ध नराम्रै भएकाले सिलवाल ल्याउने कुरा सच्यौं भन्ने चर्चा छ।