कागेश्वरी मनोहरामा ११ वर्षीया बालिका बलात्कृत, एक व्यक्ति पक्राउ

 संवाददाता    २०८२, ३ आश्विन शुक्रबार १६:१३     346 जनाले पढ़िसके



Spread the love

कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् ।

उनलाई बिहीबार दिउँसो प्रहरी प्रभाग साँखुबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले ती बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।