कांग्रेस कार्यसम्पादन समितिको निर्णय : संसद् विघटन असंवैधानिक

 संवाददाता    २०८२, ३ आश्विन शुक्रबार १५:५६     206 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष गरेको छ ।

पार्टी कार्यालय सानेपमा शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकले संसद् विघटन असंवैधानिक भएको ठहर गर्दै यस विषयमा अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

साथै केन्द्रीय समिति बैठक दशैं अघि नै बोलाउने निर्णय समेत गरेको छ ।

२३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।

प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलोपटक आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो ।

आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एकपटक भर्चुअल बसेको थियो ।

सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा कुटपिट भएको थियो । देउवा दम्पती अहिले उपचाररत छन् ।

आन्दोलनका क्रममा कांग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पुर्‍याइएको छ ।