साफ यु– १७ पुरुष च्याम्पियनसिपः नेपाल बंगलादेशसँग पराजित

 संवाददाता    २०८२, ३ आश्विन शुक्रबार १२:५१     212 जनाले पढ़िसके



Spread the love

साफ यु–१७ पुरुष च्याम्पियनसिपमा नेपाल बंगालदेशसँग पराजित भएको छ। बिहीबार श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा बंगलादेशसँग नेपाल ४– ०ले पराजित भएको हो। बंगालादेशले नेपालसँग खेल्दै साफको सुरुआत गरेको थियो।

यता, नेपालले भने बंगलादेशसँग दोस्रो खेल खेलेको हो। साफको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र श्रीलङ्कालाई हराउँदै विजयी सुरुआत गरेको थियो।

समूह ए मा रहेको नेपालले २ खेलमा २ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ।