पटक पटक मान्छे खाने बाघलाई अन्तत समातियो । बाघ समात्नको लागी हात्ती सहित पर्सा राष्ट्रिय निकुञ्ज,नेपाल आर्मी,नेपाल प्रहरी र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ का वडाअध्यक्ष सुभाष श्रेष्ठ र २२ का वडाअध्यक्ष शेखर काजी रुम्बा सहितको टोलीले लामो समय देखि निरन्तर प्रयाश गरेको थियो । पटक पटकको प्रयाश विफल हुदैं आएको थियो । अन्तत शुक्रवार विहान बाघलाई नियन्त्रणमा लिन सफल भएको छ ।