रौतहटको राजदेवीमा पुरुषको शव फेला

 संवाददाता    २०८२, ३ आश्विन शुक्रबार ११:१०     165 जनाले पढ़िसके



Spread the love

रौतहटको राजदेवी नगरपालिका-४ मा शुक्रबार एक पुरुषको शव फेला परेको छ ।

राजदेवीको गडहिया घाटस्थित बागमती नदीको किनारमा करिब ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी गौरका डीएसपी राजु कार्कीले जानकारी दिए । ‘शवको अहिलेसम्म पहिचान भएको छैन,’ उनले भने, ‘घटनाबारे अनुसन्धान हुँदै छ ।’

घटनास्थल पुगेका प्रहरी निरीक्षक रुद्र कँडेलले शवको मुचुल्का गरी घटनाबारे स्थानीयसँग सोधपुछ भइरहेको जानकारी दिए ।