काठमाडौँको बालाजुमा बसको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर–७ घर भएका जसबहादुर मगर छन् ।
बिहीबार बिहान सडक क्रस गर्ने क्रममा ६८ वर्षीय मगरलाई बागमती प्रदेश–०१–००६ ७५४३ नम्बरको महानगर यातायातले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।