९८औँ ओस्करमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

 संवाददाता    २०८२, २ आश्विन बिहीबार १३:५१     217 जनाले पढ़िसके



Spread the love

सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ ।

द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार, यसवर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली फिल्म ‘गुन्यु चोलो – द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए । दुवै फिल्मको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।

अञ्जिला’ अब ९८औँ ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको लागि नेपालको प्रतिनिधित्व गर्नेछ ।