सभामुख घिमिरेले जलेको संसद् भवन अनुगमन गर्ने

 संवाददाता    २०८२, २ आश्विन बिहीबार १३:४८     204 जनाले पढ़िसके



Spread the love

सभामुख देवराज घिमिरे जेनजी आन्दोलनका क्रममा जलेको संसद् भवनको अनुगमनमा जाने भएका छन् । बिहीबार दिउँसो १२ बजे सभामुख घिमिरे जलेको संसद् भवनको अनुगमनमा जान लागेको उनको सचिवालयले जनाएको छ ।

गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च लगायतका सरकारी संस्था जलेका थिए ।

जेनजी आन्दोलनपछि सभामुख घिमिरे सार्वजनिक भएका थिएनन् । तर, संसद् भवन जलेको नवौँ दिनमा दिनमा भने उनी संसद् भवन अनुगमनमा जान लागेका हुन् ।