जनमत पार्टीले गर्‍यो मुख्यमन्त्री सिंहलाई कारबाहीको माग

 संवाददाता    २०८२, २ आश्विन बिहीबार १३:३५     187 जनाले पढ़िसके



Spread the love

जनमत पार्टीले मधेसका मुख्यमन्त्री सतिस सिंहलाई कारबाही गर्न माग गरेको छ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै मुख्यमन्त्री सिंहलाई कारबाही गर्न माग गरिएको जनमत पार्टी मधेस प्रदेशले जनाएको छ ।

सो पार्टीका मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले मुख्यमन्त्रीमाथि कारबाहीको माग गरिएको बताए । उनले मुख्यमन्त्री सिंहलाई साधारण सदस्य नरहने गरी कारबाहीको माग गरिएको जानकारी दिए ।

मुख्यमन्त्री सिंहले पार्टी अनुशासनविपरीत कार्य गरेको ठहर गर्दै उनलाई केन्द्रीय कार्यालयमा कारबाहीको सिफारिस गरिएको उनले बताए ।