युवतीको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

 संवाददाता    २०८२, २ आश्विन बिहीबार ११:५०     661 जनाले पढ़िसके



Spread the love

सहकारीमा कार्यरत २५ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा खोटाङ प्रहरीले १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो।

गएको आइतबार राति रेश्मीकाको शव स्थानीय जंगलमा फेला परेको थियो।

रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्।

कार्यलयबाट घर फर्कने क्रममा ५–६ जनाको समूहले उनको बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दिपकले घटनका भएको स्वीकार गरेका छन् ।

सहकारी संस्थाका अध्यक्ष सागर तामाङले परियार सोमबारसाँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी हुन् ।

रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिन्छ । त्योभन्दा केही तल झोला र अन्डरवेयर भेटिएको छ । सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।