सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

 संवाददाता    २०८२, २ आश्विन बिहीबार ११:१३     192 जनाले पढ़िसके



Spread the love

भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब १५ मिनेटपछि कारोबार पुन खुल्नेछ ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र ४ प्रतिशतभन्दा धेरै बजार घटेमा वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सोअनुसार बिहीबार बजार घटेपछि सर्किट ब्रेक लागेको हो।

सर्किट ब्रेक लाग्दा १०७ अंकले नेप्से घटेर २५६५ मा कायम भएको छ । हिमालयन रिइन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घटेको छ ।