कोदारी राजमार्ग दुई दिनभित्र सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङको निर्देशन

 संवाददाता    २०८२, १ आश्विन बुधबार १३:५३     327 जनाले पढ़िसके



Spread the love

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई दिनभित्र कोदारी राजमार्ग सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएका छन्।

बाढी र पहिरोले अवरुद्ध बनिरहेको सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री घिसिङले सडक विभागका महानिर्देशक डा. बिजय जैसीलाई फोनबाटै निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।

‘मन्त्रीज्यूले कोदारी राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सडकका डीजीलाई फोनबाटै भन्नुभएको छ’, सचिवालयले भन्यो, ‘स्थानीयले अवरोध नगर्ने बताइसकेका छन्, आवश्यक जनशक्ति थपेर तत्काल २ दिनभित्र अवरोध हटाउने गरी काम गर्नुस्।’

मन्त्री घिसिङले यसको प्रगति विवरण आफूलाई बुझाउन समेत विभागलाई निर्देशन दिएका छन्।

कोदारी राजमार्गमा भएको अवरोधका कारण नेपाल–चीन तातोपानी नाका समेत अवरुद्ध हुँदै आएको छ।