त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ

 संवाददाता    २०८२, १ आश्विन बुधबार ११:०५     217 जनाले पढ़िसके



Spread the love

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध लागुऔषधसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने १० किलो नौ सय १५ ग्राम बस्तुसहित उनीहरूलाई प्रहरीले हिजाे पक्राउ गरेकाे हाे।

थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजमा लागुऔषध फेला परेकाे थियाे।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।