काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ ले नागरिकलाई प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द

 संवाददाता    २०८२, ३० भाद्र सोमबार १२:२६     214 जनाले पढ़िसके



Spread the love

काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ ले नागरिकलाई प्रदान गर्दै आएको सम्पूर्ण सेवा बन्द गरेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण वडा कार्यालयमा तोडफोड तथा आगजनी भई क्षति भएकाले सेवा बन्द गर्नु परेको वडा कार्यालयले सूचना जारी गरेर जानकारी दिएको छ।

‘वडा कार्यालय भवनको पुनःनिर्माण, फर्निचर तथा कार्यालय उपकरण जडान तथा मर्मत कार्य तदारुकताका साथ भइरहेको हुँदा यस कार्यालयबाट प्रदान गरिने आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द रहने व्यहोरा सम्पूर्ण वडाबासीहरुको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ, ‘यसबाट सेवाग्राहीहरुलाई पर्न गएको असुविधाप्रति यस कार्यालय क्षमा प्रार्थी छ।’