भारत र चीनलाई एक सय प्रतिशत ट्यारिफ लगाउन ईयूलाई ट्रम्पको अपिल

 संवाददाता    २०८२, २५ भाद्र बुधबार १६:१५     230 जनाले पढ़िसके



Spread the love

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू)लाई चीन र भारतमाथि एक सय प्रतिशतसम्म कर लगाउन अपिल गरेका छन् ।

ट्रम्प र युरोपेली सङ्घबिचको वार्तासँग परिचित एक स्रोतले यो जानकारी दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।युक्रेनमा युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बाध्य पार्ने आफ्नो प्रयासको एक भागको रूपमा ट्रम्पले यो अपिल गरेका हुन् ।

अमेरिका र ईयूका अधिकारीहरूबिच रुसमा आर्थिक दबाब बढाउने विकल्पहरूमा भएको वार्ताको क्रममा ट्रम्पले मंगलबार यो माग गरेका थिए ।

सबैभन्दा सुरुमा फाइनान्सियल टाइम्सले यसबारे रिपोर्ट गरेको थियो । रुस र युक्रेनबिच शान्ति सम्झौता गराउन ट्रम्प संघर्षरत् रहेकै समयमा यो प्रस्ताव आएको हो ।

उता रुसले भने युक्रेनमाथि आक्रमण तीव्र पारेको छ । ट्रम्पको प्रस्तावअघि अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले अमेरिका आर्थिक दबाब बढाउन तयार रहेको बताएका थिए ।

तर, यसलाई बलियो युरोपेली समर्थन चाहिन्छ । आफू यो वा अर्को हप्ताको सुरुमा पुटिनसँग फोनमा कुरा गर्ने योजनामा भएको ट्रम्पले मंगलबार पत्रकारहरूलाई भनेका थिए ।

भारत र अमेरिकाले व्यापार अवरोधहरू समाधान गर्न निरन्तर वार्ता गरिरहेको र आगामी हप्ताहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने योजना रहेको टु«थ सोसलमा लेखेको पोस्टमा ट्रम्पले बताए ।

‘भारत र अमेरिका घनिष्ठ मित्र र प्राकृतिक साझेदार हुन् । मलाई विश्वास छ कि हाम्रो व्यापार वार्ताले भारत–अमेरिका साझेदारीको विशाल सम्भावनालाई अगाडि बढाउने बाटो खोल्नेछ ।’

यस पोस्टको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भनेका थिए ।