रुसले लगातार सीमा विस्तार गरिरहेको जेलेन्स्कीको आरोप

 संवाददाता    २०८२, २५ भाद्र बुधबार १६:०७     181 जनाले पढ़िसके



Spread the love

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस लगातार आफ्नो सीमा विस्तारमा सक्रिय रहेको आरोप लगाएका छन् ।

अघिल्लो रात भएको ड्रोन आक्रमण यसको एउटा उदाहरण रहेको पनि जेलेन्स्कीले जिकिर गरेका छन् ।

उनले भने, ‘रातभर भएको हमलामा १५ क्षेत्रलाई निशाना बनाइएको थियो, जसमा ४१५ ड्रोन र ४० भन्दा बढी क्रुज तथा ब्यालेस्टिक मिसाइल प्रहार गरिएको थियो ।’

रुसले हमेसा सीमा विस्तार गरिरहेको जिकिर गर्दै जेलेन्स्कीले कडा प्रतिवाद नगरेको खण्डमा अझ धेरै भूभाग कब्जा गर्ने खतरा औँल्याए ।

रुसले पोल्याण्डको हवाई क्षेत्र हुँदै कैयौँ ड्रोन उडाएको युक्रेनको दाबी छ । पोल्याण्डका सहयोगी नेटो सदस्य मुलुकले रुसबाट पोल्याण्डको हवाई क्षेत्रमा ड्रोन उडाएको घटनाको निन्दा गरेका छन् ।