नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सामाजिक एकता र मेलमिलापका लागि राष्ट्रिय सरकारको गठन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता केसीले सामाजिक एकता र मेलमिलापको शान्तिपूर्ण नयाँ कार्यदिशाका लागि सात विषय अगाडि सारेका छन् ।
जेनजी पुस्तालाई नेपालको भविष्य उल्लेख गर्दै केसीले लेखेका सात बुँदा यस प्रकार छन् ।
१. सर्वपक्षीय गोलमेच सम्मेलन ।
२. राष्ट्रिय सरकारको गठन।
३. आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरूको पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन र दण्ड (यो जेञ्जी मात्र होइन आम जनता को चासो र माग हो )।
४. नेपालीको विदेशमा रहेका सम्पत्तिको अनुसन्धान र अवैध जम्मा भएका छानबिन र राष्ट्रियकरण ।
५. जेनजीसँग गम्भीर र परिणाममुखी संवाद ।
६. संविधान संशोधनअघि गोलमेच सम्मेलनबाट निर्धारित विषय समेत केन्द्रमा राखी जनमत सङ्ग्रह ।
७. विधि विहीनता, दण्डविहीनता विहीनता,भ्रष्टाचार मुक्त समाज र सुशासन जेनजीको माग हो।