सुनको मूल्य स्थिर, चाँदीको घट्यो

 संवाददाता    २०८२, २५ भाद्र बुधबार १२:१९     254 जनाले पढ़िसके



Spread the love

जेनजी आन्दोलनका कारण बजार ठप्प रहेपनि नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि समेत सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।

तर, चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने २ हजार ५०५ रुपैयाँ कायम भएको हो।