लुटपाटमा संलग्नहरू २७ जना पक्राउ परे

 संवाददाता    २०८२, २५ भाद्र बुधबार ११:३२     160 जनाले पढ़िसके



Spread the love

जेनजीको प्रदर्शनमा घुसपैठ गरेर लुटपाट, आगजनी र विध्वंस मच्चाउने २७ जना पक्राउ परेका छन् । भदौ २४ गते रातिबाट परिचालन भएपछि लुटपाट र आगजनी गर्ने २७ जनालाई पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

३ वटा बारुणयन्त्र प्रयोग गरेर आगजनी भइरहेका संरचनाहरूको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सेनाले जनाएको छ ।

विभिन्न प्रहरी कार्यालयबाट अराजक समूहले लुटेको हतियार काठमाडौँबाट २३ र पोखराबाट ८ नाल बरामद गरिएको छ ।

मंगलबारको प्रदर्शनमा घाइते भएका २३ जना प्रहरी र ३ जना प्रदर्शनकारीको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।