कैदीहरूले भाग्ने प्रयास गरेपछि वीरगन्ज कारागारमा तनाव, सेना पुगेर नियन्त्रणमा लियो

 संवाददाता    २०८२, २५ भाद्र बुधबार १०:४२     219 जनाले पढ़िसके



Spread the love

पर्साको वीरगन्ज कारागारमा कैदीहरूले भाग्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले बल प्रयोग गरी अवस्था नियन्त्रणमा लिएका छन्। यस क्रममा सयौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरिएको थियो।

541365641_2237866910060633_22027313679100349_n

कैदीहरूले कारागारको पर्खाल भत्काएर भाग्ने प्रयास गरेपछि नेपाली सेनासहितको सुरक्षा निकाय परिचालन गरिएको थियो। सुरक्षाकर्मीहरूसँगको झडपमा चार जना कैदी गम्भीर घाइते भएका छन् । तर उनीहरूको परिचय खुलाइएको छैन।

अहिले वीरगन्ज कारागार नेपाली सेनासहितको सुरक्षा घेरामा रहेको र स्थिति पूर्ण नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ।