घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको विज्ञप्तिमा उल्लेख छ ।प्रदर्शनमा विभिन्न स्वार्थ समूहबाट भएको घुसपैठका कारण थप हिंसात्मक घटना भई दुःखद् परिस्थिति सिर्जना भएको मन्त्रालयको प्रारम्भिक निष्कर्ष रहेको विज्ञप्तिमा उल्लेख छ ।
परिस्थितीलाई स्वार्थसिद्धका लागि प्रयोग गर्ने व्यक्ति, समूहप्रति सचेत रहँदै यस विषम अवस्थामा सम्पूर्ण युवा विद्यार्थी, अभिभावक, शिक्षक, नागरिक समाज साथै सरोकार भएकाले संयमता र धैर्यता अपनाउँदै शान्ति कायम राख्न मन्त्रालयले सबैमा आह्वान गरेको छ ।
