सुमना श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

 संवाददाता    २०८२, २३ भाद्र सोमबार १९:११     211 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेकी छन्।

जेन–जी प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट १४ जनाभन्दा बढीको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले भनिन्, “प्रधानमन्त्री, तपाईंले वैधता गुमाउनुभयो, अब राजीनामा दिनुपर्छ।”

श्रेष्ठले सरकारमाथि नेपाली नागरिक, विशेष गरी युवामाथि गोली चलाएर शासन गरेको आरोप लगाउँदै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्।

स्मरण रहोस्, सरकारले दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले देशव्यापी प्रदर्शन गरेका थिए। सो क्रममा काठमाडौंमा ठूलो संख्यामा मानवीय क्षति भएको छ।