देशैभर जेन-जी आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित घरमा ढुंगामुढा प्रहार भएको छ।
त्यसक्रममा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। हाल दमकको अवस्था तनावपूर्ण छ।
जेनजी आन्दोलनकारीले दमक नगरपालिका कार्यालयमा आगजनी गरेका छन्। नाराबाजी गर्दै नगरपालिका कार्यालय परिसरमा पुगेका प्रदर्शनकारीले त्यहाँभित्र रहेका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरेका हुन्।
दमक चोकमा प्रदर्शन गरिरहेका आन्दोलनकारी पछि नगरपालिका कार्यालयतर्फ अघि बढेका थिए।