उपचारका क्रममा थप एक जनाको मृत्यु

 संवाददाता    २०८२, २३ भाद्र सोमबार १५:०१     61 जनाले पढ़िसके



Spread the love

जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ ।

भ्रष्टाचार, बेथिति र नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन–जीले गरेको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले गोली चलाएको थियो ।

संसद भवनमा प्रहरीले चलाएको गोली लागेपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएका २० वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।