धरान उपमहानगरपालिकाको कार्यालय प्रवेश गरे प्रदर्शनकारीहरू

 संवाददाता    २०८२, २३ भाद्र सोमबार १३:३९     206 जनाले पढ़िसके



Spread the love

जेन-जी प्रदर्शनकारीहरू धरान उपमहानगरपालिकाको कार्यालय प्रवेश गरेका छन् ।

भ्रष्टाचार र नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी प्रदर्शनकारीहरू उपमहानगरको कार्यालय छिरेका हुन् ।

उनीहरू उपमहानगरपालिकाको कार्यालय प्रवेश गरी नाराबाजी गरेर भानुकचोक पुगेका छन् । उनीहरूले अहिले भानुचोकमा प्रदर्शन गरिरहेको धरानका पत्रकार रोहित राईले शिलापत्रलाई जानकारी दिए ।