स्कुल ड्रेसमै सरकारविरुद्ध उत्रिए जेनजी

 संवाददाता    २०८२, २३ भाद्र सोमबार १२:०२     195 जनाले पढ़िसके



Spread the love

बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि भन्दै जेनजीहरूले आज काठमाडौँसहित देशभरका विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्। काठमाडौँको माइतीघरमा जम्मा भएका जेनजीहरू अहिले बानेश्वर पुगेका छन्।

सामाजिक सञ्जाल टिकटकलगायत विभिन्न प्लेटफर्ममा भएको योजनाअनुसार उनीहरू सडकमा आइपुगेका हुन्।

उनीहरूले सरकारविरुद्ध नारा लगाइरहेका छन्। जेनजीहरू विद्यालयको ड्रेसमै प्रदर्शन गर्न आइपुगेका छन्। त्यस्तै उनीहरूले किताबकापीसहितको झोला बोकेरै सरकारविरुद्ध नारा लगाइरहेका छन्।

नेपालमा भ्रष्टाचार बढेको, नातावाद मौलाएको, राम्राले भन्दा हाम्राले अवसर बढी पाएको प्लेकार्डसहित उनीहरूले नारा लगाएका छन् ।