सरकारको कामकारबाहीमा असन्तुष्टि जनाउँदै जेनजी पुस्ता सडकमा ओर्लिएको छ। भ्रष्टाचारविरुद्ध प्रश्न उठाउँदै, सामाजिक सञ्जाल बन्दको विषय उठाउँदै जेनजी पुस्ता सडकमा आएका हुन्।
सरकारले भदौ १९ मा २६ सामाजिक सञ्जाल नेपालमा निष्क्रिय गर्ने निर्णय गरेको थियो। उनीहरू काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म जम्मा भएका छन् भने देशभरका अन्य सहरहरूमा पनि यसखाले प्रदर्शन गरिरहेका छन्।
सन् १९९७ देखि २०१२ जन्मेका पुस्तालाई ‘जेनजी’ पुस्ता भनिन्छ। काठमाडौंमा बृहत् प्रदर्शनको तयारीमा रहेका जेनजी पुस्ता अहिले माइतीघर मण्डलामा जुटेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
उनीहरु सडकमै नाचगान गरेर शान्तिपूर्ण विरोधमा रहेका छन्। उनीहरूले ‘सरकार तिम्रो पाराले, दु:ख पाए साराले’लगायत नारा लगाइरहेका छन्।