स्याङ्जाका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

 संवाददाता    २०८२, २० भाद्र शुक्रबार ११:०८     56 जनाले पढ़िसके



Spread the love

स्याङ्जा जिल्लाका तीनवटा स्थानीय तहमा आज सार्वजनिक बिदा दिइएको छ।

इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लमको १५०० औँ जन्मदिवसको अवसरमा पालिकाहरूले शुक्रबार बिदा दिएका हुन्।

वालिङ, भीरकोट र पुतलीबजार नगरपालिकाले आज सार्वजनिक बिदा दिएकाे जनाएका छन्। मुस्लिम समुदायको माग अनुसार पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन्।

ती पालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु र सार्वजनिक संस्थाहरू आज बन्द रहनेछन्।