चर्चित गायक शिव परियारले सूचीकृत नभएका सामाजिक संजाललाई निष्क्रिय तुल्याउने सरकारको निर्णयलाई समर्थन गरेका छन् ।
सामाजिक संजाल नेपालमा वैधानिकरुपमा दर्ता हुनु अत्यन्तै जरुरी रहेको उनको धारणा छ ।
उनी लेख्छन्, ‘ सामाजिक संजालमा देखिएको अराजकता, उद्दन्डता, अनुशासनहिनताजस्ता संवेदनहिनता कुरालाई सहज रुपमा कारवाहीको दायरामा ल्याउन तथा नियमन गर्नको लागि पनि सामाजिक संजाल नेपालमा बैधानिक तवरमा दर्ता हुनु एकदम आवश्यक देखेको छु । नियमन हुनै पर्दछ , नेपालमा दर्ता आवश्यक छ । नेपाल सरकारको कदमलाई समर्थन गर्दछु ।’
सामाजिक संजाल बन्द गर्ने सरकारको कदमलाई लिएर सेलिब्रेटीले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
उनले बन्द हुने सामाजिक संजालमा दर्ता हुन आउने विश्वास आफूले लिएको पनि बताएका छन् । ‘कहाँ जालास मछली मेरै ढडिया’ उनले फेसबुकमा लेखेका छन् ।