निर्माताबीचको विवादमा चलचित्र निर्माता संघ : संवादमार्फत हल गरौं

 संवाददाता    २०८२, १९ भाद्र बिहीबार १७:३१     123 जनाले पढ़िसके



Spread the love

चलचित्र निर्माता संघले फिल्म निर्माताहरूबीच सामाजिक संजालमा भैरहेका आरोप-प्रत्यारोपप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै संस्थाले संचारकर्मी पनि आलोचना–प्रतिक्रियामा तानिनु चिन्ताको विषय भएको जनाएको छ ।

 

संस्थाले निर्माता र संचारकर्मीलाई संयमित र गम्भीर हुन आग्रह गरेको छ । वार्ता र संवादको माध्यमबाट विवादको हल गर्न आग्रह गरेको छ ।

‘तपाईंहरूबीचको व्यक्तिगत असन्तुष्टिलाई सार्वजनिक स्तरमा विवादको रुपमा प्रस्तुत गर्नु भनेको चलचित्र उद्योगकै लागि प्रत्युत्पादक हुनु हो’ निर्माता संघले भनेको छ ।

 

यो विवादमा संघले सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको जनाएको छ ।

पछिल्ला केही दिनयता फिल्म निर्माताहरू दीपकराज गिरी, रोहित अधिकारी र सन्तोष सेनबीच सामाजिक संजालमा देखिने गरि गालीगलौज र आरोप-प्रत्यारोप चलिरहेको छ ।