दर्ता नभएका सोसल मिडिया प्लेटफर्म बन्द गर्न प्राधिकरणलाई मन्त्रालयले लेख्यो पत्र

 संवाददाता    २०८२, १९ भाद्र बिहीबार १५:३९     238 जनाले पढ़िसके



Spread the love

बारम्बार आग्रह गर्दा पनि दर्ता हुन नआएका सोसल मिडिया प्लेटफर्महरूलाई नेपालमा निष्कृय पार्न सरकारले नियामक निकायलाई निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता हुन नआएका सोसल मिडिया प्लेटफर्म बन्द गर्न लिखित पत्राचार गरेको हो । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङमा स्वकीय सचिव विक्रम न्यौपानेले मन्त्रालयबाट प्राधिकरणलाई पत्रचार गरिएको पुष्टि गरे ।

मन्त्रिपरिषद् बैठकको निर्णयाअनुसार १२ भदौमा ७ दिन अर्थात १९ भदौसम्मको अल्टिमेटमसहित फेसबुक, एक्स, युट्युब, स्न्याप च्याटलगायत सोसल मिडिया प्लेटफर्मलाई दर्ता हुन सरकारले निर्देशन दिएको थियो । तर हालसम्म कुनै पनि कम्पनी सम्पर्कमा नआएपछि सरकारले बन्द गर्न लागेको हो ।