२ मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली आइपुग्यो नेपाल

 संवाददाता    २०८२, १९ भाद्र बिहीबार १०:४१     166 जनाले पढ़िसके



Spread the love

घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टाेली नेपाल आइपुगेको छ।

त्रिभुवन विमानस्थल अवतरण भएपछि बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश शाहले स्वागत गरेका छन्।

नेपाल र बंगलादेशबीचको दुई मैत्रीपुर्ण खेल शनिबार र मंगलबार हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

बंगलादेशको टोलीले अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र च्यासल स्थित च्यासल मैदानमा प्रशिक्षण गर्नेछ।
प्रतियोगिताका लागि टिकेटिङ अधिकार एन्फा आफैँले राखेको छ। एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।